८ बैशाख २०८१, शनिबार 1713610072
पालिका

राप्रपा सहितको महागठबन्धनलाई पराजित गर्ने कार्ययोजनाका साथ नेकपा एमाले दमकको घरदैलो कार्यक्रम सुरु

दमक– दमक राप्रपा सहितको गठबन्धनलाई पराजित गर्ने कार्ययोजनाका साथ नेकपा एमाले दमकले घरदैलो कार्यक्रम सुरु गरेको छ ।

दमक वडा नं ५ बाट आज देखि घरदैलो कार्यक्रम सुरु गरिएको हो । वडा अध्यक्ष राजेन्द्र ढकालका अनुसार मेयरका उम्मेद्वार गीता अधिकारी,उपमेयरका उम्मेद्वार अम्बिका प्रसाद खनाल, वडा अध्यक्ष ईन्द्रबहादुर गुरुङ दलित महिला सदस्य सरु परियार, महिला सदस्य शोभा बेलबासे खुला सदस्यहरु खड्ग राई र गोपालकृष्ण संग्रौला सहितको टोलीले विहान हरिओम कोलेनी, धनेश्वर चौक आसपासका टोलमा घरदैलो गरेको छ ।

घरदैलोमा एमाले पोलिटव्यूरो सदस्य देवेन्द्र दाहाल, केन्द्रीय सदस्य एवं दमक नगरका मेयर रोमनाथ ओली, प्रदेश कमिटीका सदस्यहरुको उपस्थिति थियो ।

आजबाट सुरु भएको यो अभियान २८ गतेसम्म निरन्तर चल्ने एमालेले जनाएको छ । नाचगान सहित सुरु भएको घरदैलोमा टोलबासीहरुले पनि सक्रिय उपस्थिति देखाएको एमाले वडा कमिटीका अध्यक्ष ढकालले बताउनुभयो ।