१३ बैशाख २०८१, बिहीबार 1714049981
पालिका

स्थानीय निर्वाचन केन्द्रित सुरक्षा समन्वय बैठक सम्पन्न

बैतडी- बैतडी र दार्चुलाको अन्तरजिल्ला समन्वय बैठक मङ्गलबार सम्पन्न भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर दुवै जिल्लाका अधिकारीबीच समन्वय बैठक दार्चुलाको बलाँचमा भएको हो ।

बैठकमा स्थानीय तह निर्वाचनको शान्ति सुरक्षा, भारतसँगको समन्वयलगायतका विषयमा छलफल भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताउनुभयो । यस्तै असल अभ्यास आदान–प्रदान, विपद् व्यवस्थापन, अवैध हातहतियार नियन्त्रण, लागुऔषध नियन्त्रण, वनपैदावार चोरी निकासी नियन्त्रण, वन्यजन्तु चोरी–शिकारी नियन्त्रणका विषयमा पनि बैठकमा छलफल भएको छ ।

बैठकमा बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेय, दार्चुला प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र दुवै जिल्लाका चारवटै सुरक्षा निकायका प्रमुखको सहभागिता थियो ।