६ बैशाख २०८१, बिहीबार 1713502181
पालिका

पालिका अध्यक्ष र सदस्यका उम्मेदवारविरुद्ध उजुरी

बागलुङ – बागलुङको काठेखोला गाउँपालिका अध्यक्ष पदका उम्मेदवार कांग्रेसका राजु थापाविरुद्ध काठेखोला गाउँपालिकाको निर्वाचन कार्यालयमा उजुरी दर्ता भएको छ ।

नेकपा (एमाले)बाट अध्यक्षका उम्मेदवार डिलबहादुर कार्कीले थापाविरुद्ध उजुरी दर्ता गरेको निर्वाचन अधिकृत हर्कबहादुर क्षेत्रीले जानकारी दिए । ‘जुन पदमा उठेको छ, सोही पदका प्रत्यासीले मात्रै उजुरी दिने कानुनी व्यवस्थाअनुसार थापाविरुद्ध कार्कीको उजुरी परेको हो’, उनले भने।यस्तै काठेखोला–३ मा महिला सदस्य पदकी उम्मेदवार नेकपा ९एकीकृत समाजवादी० की देउरुपा खड्काविरुद्ध पनि उजुरी परेको अधिकृत कार्कीले जानकारी दिए। सोही वडामा एमालेबाट महिला सदस्यकी उम्मेदवार टुल्कीदेवी खड्काले उजुरी दर्ता गराएकी हुन्।