८ बैशाख २०८१, शनिबार 1713616070
Banner

ललितपुरमा एक हजार ५१९ जनाद्वारा उम्मेदवारी दर्ता

ललितपुर – यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ललितपुरका महानगर, नगर र गाउँ पालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यमा कूल एक हजार ५१९ जनाको उम्मेदवारी परेको छ ।

ललितपुरका ६ पालिकामध्ये महानगरपालिकामा मात्रै ६४२ जनाको उम्मेदवारी परेको छ । ललितपुर महानगरमा प्रमुखमा १३ र उपप्रमुखमा १४ जनाको उम्मेदवारी परेको ललितपुर मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

महानगर प्रमुखमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन, नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकार, राप्रपाका अष्टबहादुर महर्जन, विवेकशील साझाका उज्वलकृष्ण श्रेष्ठ, नेकपा मालेका मोहनराज शाक्य, नेमकिपाका अशोक महर्जन, राष्ट्रिय जनमुक्ति पार्टीका समिकपुर महर्जन, आमूल परिवर्तन पार्टीकी सपना महर्जन, मौलिक जिरोकिलोकी सपना श्रेष्ठ, जनमत पार्टीका वासुदेव अमात्य, तथा स्वतन्त्रबाट सरिना लाखे श्रेष्ठ, सुरेश महर्जन र राजेन्द्र थापामगरले उम्मेदवारी दिनुभएको छ ।

उपप्रमुखमा एमालेबाट मञ्जली शाक्य, माओवादी केन्द्रबाट बाबुराज महर्जन, राप्रपाबाट स्वर्णिमा शाक्य, नेमकिपाबाट ममिता श्रेष्ठ, मङ्गोल पार्टीबाट खेमप्रसाद श्रेष्ठ, नेपाल सुशासन पार्टीबाट जानकी प्रधान श्रेष्ठ, नेकपा मालेबाट सरमिस्ता श्रेष्ठ, जनमत पार्टीबाट कुसुम बज्राचार्य तथा स्वतन्त्रबाट रत्न व्यञ्जनकार, सुविनकुमार शाक्य, राजन खड्का, अजरमान जोशी र वसन्त खड्काले उम्मेदवारी दिनुभएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिकामा २५३ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत शारदा फुयाँलले जानकारी दिनुभयो। गोदावरी नगरपालिकामा ३३६, बागमती गाउँपालिकामा ९९, कोञ्ज्योसोम गाउँपालिकामा ८० र माहाकाल गाउँपालिकामा १०९ जनाको उम्मेदवारी परेको छ । बागमती गाउँपालिकामा अध्यक्षमा नौ र उपाध्यक्षमा पाँचसहित सबै दल र स्वतन्त्र गरेर ९९ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत नागेन्द्र केशरी पोखरेलले जानकारी दिनुभयो । उक्त पालिकामा अध्यक्षमा कांग्रेसबाट वीरबहादुर लोप्चन, एमालेबाट नवराज सञ्जेल, एकीकृत समाजवादीबाट केशवप्रसाद बजगाईं, राप्रपाबाट सानु महर्जन तथा स्वतन्त्रबाट विष्णुप्रसाद तिमल्सिना, राजेशकुमार सञ्जेल, रवीन घिमिरे, रवीन बल र मनोज रानाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

उपाध्यक्षमा एमालेबाट नमूना दोङ, माओवादी केन्द्रबाट भक्तबहादुर दर्लामी, राप्रपाबाट अम्बिका न्यौपाने घिमिरे, जनता समाजवादीबाट उत्तमकुमार लामा र स्वतन्त्रबाट डोलकेशर दाहालले उम्मेदवारी दिनुभएको छ । पालिकाको १ नम्बर वडाबाट दलित महिला सदस्यमा कांग्रेसकी सङ्गीता नेपाली निर्विरोध निर्वाचित हुनुभएको छ ।

कोञ्ज्योसोम गाउँपालिकामा अध्यक्षमा तीन र उपाध्यक्षमा चार जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत देविकुमारी चौधरीले जानकारी दिनुभयो । उक्त पालिकाको अध्यक्षमा एमालेबाट कृष्णमान लामा, माओवादी केन्द्रबाट गोपीलाल सिंतान र राप्रपाबाट मानबहादुर तामाङको उम्मेदवारी परेको छ । उपाध्यक्षमा नेकपा एमालेबाट रनिता तामाङ, कांग्रेसबाट राजनप्रसाद घिमिरे, राप्रपाबाट निर्मला लामा र स्वतन्त्रबाट चन्द्रबहादुर तामाङले उम्मेदवारी दर्ता गराउनुभएको छ । उक्त पालिकामा सबै पदमा जम्मा ८० जनाको उम्मेदारी परेको छ । कोञ्जेसोम–१ मा एमालेबाट कृष्णकुमारी सुनार र ४ मा माओवादी केन्द्रबाट सपना मंग्रान्ती दलित महिला सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको छ । गोदावरी नगरपालिकाको प्रमुखमा २१ र उपप्रमुखमा १० जनासहित कूल ३३६ जनाको उम्मेदवारी परेको छ ।

महांकाल गाउँपालिकामा १०९ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा कांग्रेसबाट गणेश केसी, एमालेकी कमला लामा तामाङ, माओवादी केन्द्रबाट भगिरथ तिमल्सिना, एकीकृत समाजवादीबाट राजनप्रसाद बञ्जारा, राप्रपाबाट सुरेश घिमिरे तथा स्वतन्त्रबाट रामशरण हुमागार्इं, सुदर्शन घिमिरे र सुरेश घिमिरले उम्मेदवारी दिनुभएको छ ।