८ बैशाख २०८१, शनिबार 1713625482
राजनीति

एमालेको विजयलाई कुनै शक्तिले रोक्न सक्दैनः अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी बनाउन चुनावी अभियानमा होमिन सबैलाई आह्वान गर्नुभएको छ ।

२३औं मनमोहन अधिकारी स्मृति दिवसलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तहमा पार्टीको विजयीलाई कुनैपनि शक्तिले रोक्न नसक्ने बताउनुभयो ।

उक्त कार्यक्रममा अध्यक्ष ओलीले नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रलाई ‘बकवास र गालीगलौज’को दस्तावेज भएको बताउनुभएको छ । राजनीतिक विश्लेषण केही पनि नभएको र तथानाम गाली नै गाली भएकाले घोषणापत्रलाई राजनीतिक दस्तावेज भन्न नसकिने अध्यक्ष ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले भन्नुभयो, कांग्रेसको घोषणापत्र गाली गलौजको दस्तावेज मात्र छ । चुनावी घोषणापत्र भनेको त्यो राजनीतिक दस्तावेज होइन ।

जम्माजम्मी धारे हात लगाएको छ, एमालेलाई । ५ वर्ष त्यसै खेर गयो भनेको छ । रेल ल्याउनु उत्ताउलो विकास हो’, भनिएको छ अध्यक्ष ओलीले भन्नुभयो । राजनीतिक विश्लेषण छैन । शब्द थुपारी के हुन्छ ।’

उहाँले खेस्रो लेखेर नीति नहुने पनि प्रष्ट पार्नुभयो । सम्बोधनका क्रममा ओलीले नेपाली कम्युनिस्ट आन्दोलनमा देखापरेको बिकृतिबारे पनि प्रष्ट पार्नुभयो । दोस्रो महाधिवेशनमा पुष्पलालविरुद्ध घेराबन्दी भएको, मनमोहन अधिकारीलाई षड्यन्त्रपूर्वक पार्टीबाट हटाइएको र आफूविरुद्ध पनि घेराबन्दी भएको अध्यक्ष ओलीको भनाइ थियो ।