१४ बैशाख २०८१, शुक्रबार 1714140787
राजनीति

धादिङमा पनि एमालेले खाता खोल्यो, गंगाजमुना-४ का वडा सदस्यमा घले निर्विरोध

धादिङ – वैशाख ३० को निर्वाचनका लागि भएको उम्मेदवारीमा निर्विरोध हुनेमा नेकपा एमाले धादिङले पनि खाता खोलेको छ ।

एमाले धादिङकी उपसचिव राधिका सापकोटाका अनुसार जिल्लाको गंगाजमुना गाउँपालिकामा एकजना  वडा सदस्य निर्विरोध निर्वाचित हुनु भएको छ ।

उहाँका अनुसार गंगाजमुना गाउँपालिका वडा-४ को वडा सदस्यमा रत्नमाया घले निर्विरोध निर्वाचित हुनु भएको हो । उहाँ निर्विरोध भएको निर्वाचन अधिकृतको कार्यालयले पनि पुष्टि गरेको छ ।