१३ बैशाख २०८१, बिहीबार 1714073973
Banner

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किंदा तीन जनाको मृत्यु

जनकपुरधाम – धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

 क्षिरेश्वरनाथ नगरपालिका-५ स्थित रोकिराखेको ना. २ ख ८६२४ नम्बरको ट्रकमा तीन जना सवार लु. ८३ प ८६५२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिनु भयो ।

बस्नेतका अनुसार तीनै जनाको घट्नास्थलमै मृत्यु भएको हो। मृतकमध्ये जनकपुरधाम उपमहानगरपालिका-४ का २० वर्षीय सुमित भिण्डेबालको मात्रै सनाखत भएको छ ।

मृतक तीनै जनाको शवलाई पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिई अन्य अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।