२०७९ मंसिर १५ बिहीबार 1669936127
राजनीति

काभ्रेमा एमालेका दलित महिला सदस्यहरु निर्विरोध

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकका विभिन्न स्थानीय तहमा तीन जना दलित महिला सदस्यहरु निर्विरोध भएका छन् । निर्विरोध हुनेमा धुलिखेल नगरपालिका र खानीखोला गाउँपालिकाका सदस्य छन् ।

धुलिखेल नगरपालिकाको वडा नम्बर ६ मा दलित महिला सदस्य पदमा उम्मेदवार पार्वती विश्वकर्मा एक्लैको मात्र मनोनयन परेको हो ।

खानीखोला गाउँपालिका वडा नम्बर १ र २ मा पनि दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुनेमा मसली बिक र भगवती विश्वकर्मा हुनुहुन्छ । उहाँहरु दुवैले नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिनुभएको थियो ।

सबै उम्मेदवारको विजयको औपचारिक घोषणा हुन बाँकी छ । आगामी शुक्रबारसम्म दाबी विरोध नपरे उनीहरुलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ ।