१३ बैशाख २०८१, बिहीबार 1714060898
विश्व

एलोन मस्कले ट्विटर खरिद गर्ने सम्झौता

काठमाडौं । अर्बपति एलोन मस्कले सामाजिक सञ्जाल प्लेटफर्म ट्विटर खरिद गर्ने सम्झौता गरेका छन्।

एलोन मस्कले सामाजिक सञ्जाल प्लेटफर्म ट्वीटर ४४ अर्ब अमेरिकी डलरमा खरिद गर्ने सम्झौता गरेका हुन्। ट्विटर बिक्री भएपछि यो निजी स्वामित्वमा रहेको कम्पनी हुने छ।

एलोन मस्कले भनेका छन् उनी ट्विटर किन्न चाहन्छन् किनभने यो ‘स्वतन्त्र वाक लागि‘ प्लेटफर्मको रूपमा यसको सम्भाव्यतामा बाँचिरहेको छैन र यसलाई एक निजी कम्पनीको रूपमा रूपान्तरण गर्न आवश्यक छ।

मस्कले ट्वीटरसँगको संयुक्त वक्तव्यमा उनले भनेका छन्, हामी यसलाई नयाँ सुविधाहरूको साथ सेवालाई पहिले भन्दा राम्रो बनाउन चाहन्छौं।‘

एलन मस्कले केही दिन अगाडि ट्वीटरको ९ प्रतिशत सेयर किनेका थिए। अब भने उनले ट्वीटरको सबै सेयर किनेका हुन्। एजेन्सी