६ बैशाख २०८१, बिहीबार 1713500543
Banner

स्थानीय निर्वाचनमा साढे ६ बजेसम्म करिब ६१ हजारको उम्मेदवारी दर्ता

काठमाडौं । स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गर्न देशभरी विभिन्न पदमा ६० हजार ९५० जनाको उम्मेदवारी परेको छ ।

साढे ६ बजेसम्मको विवरणअनुसार सबैभन्दा बढी मधेश प्रदेशमा १४ हजार ६५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन आयोगका अनुसार लुम्बिनीमा ११ हजार ३६९, प्रदेश नम्बर १ मा ११ हजार २३५, बागमतीमा ९ हजार ५६६, सुदूरपश्चिममा ४ हजार ९२०, कर्णालीमा ४ हजार ६३५ र गण्डकीमा ४ हजार ५७२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रमुखका लागि मात्रै देशभरी १९१४ जनाको उम्मेदवारी दर्ता भएको छ । पालिका अध्यक्षका लागि १९४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।