१२ बैशाख २०८१, बुधबार 1713991989
Banner

डोल्पाको शे-फोक्सुन्डोमा एमालेका तर्फबाट अध्यक्ष धावासम्डुक गुरुङ निर्बिरोध

डोल्पा – कर्णाली प्रदेशको डोल्पा जिल्लाको सेफोक्सुन्डो गाउँपालिकामा नेकपा एमालेका तर्फबाट अध्यक्ष धावा सम्डुक गुरुङ निर्बिरोध निर्वाचित हुनु भएको छ ।

जिल्लाको काइके गाउँपालिका र छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्ष र डोल्पोबुद्ध गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी) बाट एकल उम्मेदवारी परेको प्रतिनिधि सभा सदस्य तथा पूर्वपर्यटन राज्यमन्त्री धनबहादुर बुढाले जानकारी दिनु भयो ।

उहाँका अनुसार काइके गाउँपालिकाको अध्यक्षका लागि अंगदकुमार राना, छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षका लागि सेनाङ गुरूङ र डोल्पोबुद्ध गाउँपालिकाको उपाध्यक्षका लागि पेमा वाङ्जु गुरूङको एकल उम्मेदवारी परेको हो।