८ बैशाख २०८१, शनिबार 1713622458
पालिका

माओवादी केन्द्रका कार्यकर्ताहरुबीच टिकटको विषयमा झडप,निर्वाचन कार्यालय समेत रहेको नगरपालिकाको कार्यालयमा तोडफोड

सिन्धुपाल्चोक –माओवादी केन्द्रका कार्यकर्ताहरुबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको छ । निर्वाचन कार्यालय समेत रहेको नगरपालिकाको कार्यालयमा तोडफोड हँदा झन् भयावह बनेको हो ।


चौतारा साँगाचोकगढी नगरपालिका–१४ मा माओवादी केन्द्रको वडाअध्यक्षको टिकटको विवादलाई लिएर माओवादी केन्द्रको कार्यालय तोडफोड भएको छ ।माओवादी कार्यकर्ताहरुको झडप नियन्त्रणका लागि प्रहरीले अश्रु ग्याँस प्रहार गरेको छ । निर्वाचन आयोगको कार्यलय समेत रहेको नगरपालिकामा तोडफोड हुँदा कार्यलयको झ्याल सिसा फुटेका छन् ।

स्थानीय आवश्यकताका आधारमाभन्दा काठमाडौंमा बस्नेलाई टिकट दिएपछि झडप भएको स्थानीय नेताहरूको गुनासो छ ।