८ बैशाख २०८१, शनिबार 1713612543
राजनीति

पोखरामा एमालेका मेयर र उपमेयरको मनोनयन दर्ता 

पोखरा । पोखरा महानगरपालिकामा एमालेका मेयर र उपमेयरले उम्मेदवारी दर्ता गर्नुभएको छ । मेयरमा कृष्ण थापा र उपमेयरमा मन्जुदेवी गुरुङले उम्मेदवारी दिनुभएको हो ।  एमालेले अन्तिम समयमा थापालाई मेयरको उम्मेदवार बनाएको हो ।  ‘आकांक्षी धेरै भएपछि मैले छोडेको थिएँ । अहिले पार्टीले आवश्यकता महसुस गर्यो र उम्मेदवार बनायो,’ उपमेयरकी उम्मेदवार गुरुङले भन्नुभयो, ‘केही गर्न बाँकी छ । यो कार्यकालमा पूरा गर्छु ।’ उहाँले भन्नुभयो। 

मेयर उम्मेदवार थापाले २५ वर्षपछि पोखरामा फर्किन पाएकोमा खुशी व्यक्त गर्नुभयो । ‘म हिजो टिकट नपाउँदा पनि विरोधमा थिइन । आज अरु पनि हुनुहुन्न्,’ उहाँले भन्नुभयो, ‘फेरि टिकट पाएँ खुशी छु ।’