१३ बैशाख २०८१, बिहीबार 1714105680
Banner

दर्ताको अन्तिम दिन हालसम्म १८ हजार ७४२ जनाद्वारा उम्मेदवारी दर्ता

काठमाडौं – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि अहिलेसम्म भएका मनोनयन दर्ताको संख्यात्मक विवरण सार्वजनिक गरेको छ ।

आयोगले आज दिउँसो २ बजे सम्मको विवरण प्रदेशगत र जिल्लागत रूपमा सार्वजनिक गरेको हो । आयोगका अनुसार आज दिउँसो २ बजेसम्म मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडा सदस्यसमेत गरी सातैवटा प्रदेशमा १८ हजार ७४२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

दिउँसो २ बजेसम्मको विवरणअनुसार सबैभन्दा बढी मधेस प्रदेशमा ५ हजार ६७६ जनाले मनोनयन दर्ता गराइसकेका छन् ।

सबैभन्दा कम कर्णालीमा ७७९ जनाको उम्मेदवारी परेको छ । आयोगले उम्मेदवारी दर्ताको म्याद आज साँझसम्म तोकेको छ । मुख्य दलका उम्मेदवारहरूले आज मनोनयन दर्ता गराउँदैछन् । कतिपय स्थानीय तहमा भने अझै उम्मेदवारी टुंगिसकेको छैन ।