२०७९ मंसिर १५ बिहीबार 1669935299
Banner

एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा स्थापित र डंगोलले उपमेयरमा दर्ता गराए उमेदवारी

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)ले उमेदवारी दर्ता गराएको छ ।

पार्टीको तर्फबाट मेयरमा निर्वतमान वाग्मती प्रदेशसभा सांसद केशव स्थापितले उमेदवारी दर्ता गराएका छन् । यस्तै उपमेयरमा सुनिता डंगोलले उमेदवारी दर्ता गराएकी छन् । एमालेका नेता कार्यकर्तासहित सभागृह पुगेका स्थापित र डंगोल झाँकी र बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगेका थिए ।

ठुलो संख्यामा कार्यकर्तासहित उम्मेदवारहरू उम्मेदवारी दर्ता गर्न जाँदा प्रहरीलाई व्यवस्थापन गर्न कठिन भएको थियो ।
काठमाडौं महानगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचन एमालेले जितेको थिाये । राप्रपासँग गठबन्धन गरेर चुनाव लडेको एमालेबाट विद्यासुन्दर शाक्य मेयर बनेका थिए ।

आसन्न स्थानीय तह निर्वाचनका लागि आज साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्न सकिने आयोगले भनेको छ ।