२०७९ आश्विन १९ बुधबार 1665011777
Banner

चुनाबी तालमेलको अन्तिम निर्णय गर्न गठबन्धनको बैठक बस्दै

काठमाडौं । पाँचदलिय सत्तागठबन्धनको बैठक आजपनि बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ८ बजे बैठक बस्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । बैठकमा गठबन्धनबीच चुनावी तालमेलको अन्तिम निर्णय गरिनेछ । विशेषगरी पालिकाहरूमा पद भागबन्डासम्बन्धी निर्णय लिइनेछ । आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराउने आज दोस्रो तथा अन्तिम दिन भएकाले बैठकमा भागडबन्डासम्बन्धी अन्तिम निर्णय हुनेछ ।

विवाद देखिएका र स्थानीयस्तरमा मिल्न बाँकी पालिकाका विषयमा पनि निर्णय लिइनेछ ।

यसअघि, आइतबार साँझ पनि बालुवाटारमा गठबन्धनका नेताको बैठक बसेको थियो । स्थानीय तह निर्वाचनका लागि आज मनोनयन गर्ने अन्तिम दिन भएकाले पनि गठबन्धनलाई सहमति जुटाउन चटारो परिरहेको छ ।