६ बैशाख २०८१, बिहीबार 1713434749
पालिका

उदयपुरका ८ वटा पालिकाका एमाले उम्मेद्वारहरु

उदयपुर – यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको उम्मेदवार नेकपा एमाले उदयपुरले टुङ्गो लगाएको छ ।

त्रियुगा नगरपालिकामा भागवत राउतले मेयरको टिकट बाजी मारेको छ भने उपमेयरमा महेश्वरी राईको नाम टुङ्गो लागेको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष परमेश्वर घिमिरेले जानकारी दिनु भयो ।

यसैगरी बेलका नगरपालिकामा हालका मेयर दुर्गा थापालाई मेयरको टिकट दिएको छ भने उपमेयरमा जिरा राईको नाम टुङ्गो लगाएको छ ।

त्यस्तै चौदण्डीगढीमा मेयरमा कालूमान लामा र उपमेयरमा मनिकादेवी दुलालको नाम टुङ्गो लगाएको नेकपा एमालेको अध्यक्ष परमेश्वर घिमिरेले जानकारी दिनु भयो ।

यता कटारी नगरपालिकामा पुरानै मेयर ज्ञानेन्द्र श्रेष्ठ ‘काजी’लाई पुनस्मेयरमा टिकट दिएको छ भने उपमेयरमा गिता खड्काको नाम टुङ्गो लगाएको छ ।

यसैगरी रौतामाई गाउँपालिकामा अध्यक्षमा भरतबहादुर थापा र उपाध्यक्षमा पुरानै उपाध्यक्ष कुमारी ज्यू ठकुरीको नाममा टुङ्गो लगाएको छ ।

उदयपुरगढी गाउँपालिकामा अध्यक्षमा गोपाल खत्री र उपाध्यक्षमा कुमारी घले मगरलाई टिकट दिइएको छ ।

ताप्ली गाउँपालिकामा बाबुराम राईलाई अध्यक्षको टिकट दिइएको छ भने उपाध्यक्षमा हालको अध्यक्ष उद्धव सिंह थापाको श्रीमति मन कुमारी थापालाई टिकट दिइएको छ ।

यस्तै लिम्चुङबुङ गाउँपालिकामा राजकुमार राईलाई अध्यक्षको टिकट दिइएको छ भने उपाध्यक्षमा देव कुमारी कार्कीलाई दिइएको छ ।