६ बैशाख २०८१, बिहीबार 1713424170
Banner

कैलालीको मुक्तकमैया बस्तीमा आगलागी, ५० घर जलेर नष्ट

धनगढी – कैलालीको मुक्त कमैया शिविरमा भीषण आगलागी भएको छ ।

कैलारी गाउँपालिका–७ को रामपुरमा रहेको विपतपुर शिविरमा आज दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीबाट ५० घर बढी जलेर नष्ट भएका छन् । शिविरमा ७० भन्दा बढी घरधुरी थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले खेतमा गहुँको नल बाल्न लगाइएको आगो हावाको माध्यमबाट शिविरमा लागेको बताउनु भयो ।