२०७९ आश्विन १२ बुधबार 1664371141
Banner

चितवन कांग्रेसले रेनुलाई नमान्ने ,काग्रेसको तर्फबाट पुर्वसांसद जगन्नाथ पौडेल उम्मदेवार उठाउने निर्णय

चितवन । चितवन कांग्रेसले भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाललाई नमान्ने भएको छ । काग्रेसको तर्फबाट मेयरमा आफ्नै उम्मदेवार उठाउने भएको छ । गठबन्धन विरोधि कांग्रेस नेता कार्यकर्ताको आज बसेको बैठकले पुर्व सांसद जगन्नाथ पौडेललाई मेयरको रुपमा उभ्याउने निर्णय गरेको नेपाल ट्रेड युनियन चितवनका सह संयोजक सुर्य बस्नेतले जानकारी दिए ।

भरतपुर महानगरमा गठबन्धनका तर्फबाट रेनु दाहाललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर चितवन कांग्रेसले केन्दको यो निर्णयलाई अस्विकार गर्दै आएको थियो ।

चितवनका करिव ८० प्रतिशत कांग्रेसको समर्थनमा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

प्रस्तावकमा नेपाली कांग्रेस महासमिती सदस्य मिना खरेल र समर्थकमा तरुण दलका शम्भु अर्यालको समर्थनमा पौडेलले भोली उम्मेदवारी दर्ता गर्ने निर्णय भएको बताइएको छ । यस्तै पूर्व माओवादी कार्यकर्ता यमकान्त कंडेलले पनि भरतपुरको मेयरमा आफ्नो उमेद्वारी दर्ता गराईसकेका छन् । भरतपुर महानगरपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कंडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।

उनले राष्ट्रवादी एकता युवा अभियान नेपालबाट स्वत्रन्त्र रुपमा उम्मेदवारी दर्ता गराएको बताए ।