१३ बैशाख २०८१, बिहीबार 1714046682
Banner

स्थानीय निर्वाचन : उमेदवारी मनोनयन जारी

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि उमेदवारी मनोनयन भइरहेको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आज बिहान १० बजेदेखि मनोनयनपत्र दर्ता भइरहेको छ । उनका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारी मनोनय हुर्दैछ । ७५३ स्थानीय तहमा नै निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र दर्ता भईरहेको छ । आइतबार र सोमबारका लागि मनोनयनको समय तोकिएको छ ।

बिहान १० देखि बेलुका ५ बजेसम्म योग्यता पुगेका व्यक्तिले तोकिएबमोजिमको प्रक्रिया पूरा गरी मनोनयनपत्र दर्ता गराउन सकिने आयोगले जनाएको छ ।