६ बैशाख २०८१, बिहीबार 1713505360
Uncategorized

५ वर्षपछि एमालेमा ६४ जिल्लाको अधिवेशन आज

काठमाडौं– माओवादीसँगको एकता भत्किएपछि नेकपा एमालेका जिल्लाहरुको पहिलो पटक आज जिल्ला अधिवेशन हुँदैछ । अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

माओवादीसँग एकता हुनुअघि २०७३ पुससम्म अधिवेशनबाट एमाले जिल्ला कमिटी चयन भएको थियो ।

२०७२ सालमा भएका जिल्ला अधिवेशनको म्याद नसकिँदै माओवादीसँग पार्टी एकता भएपछि जिल्ला अधिवेशन भएको थिएन । एमाले केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीका अनुसार हिमाली जिल्ला बाहेकका ६४ जिल्लामा आज एकै पटक जिल्ला अधिवेशन हुँदैछ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयको वार रुमबाट अधिवेशनको भर्चुअल उदघाटन गर्ने केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।