११ बैशाख २०८१, मंगलवार 1713878406
पालिका

सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतको राजिनामा

काठमाडौं । पुन उपमेयरको निर्वाचनमा भाग लिनका लागि सूर्यविनायक नगरपालिकाका उपमेयर जुना बस्नेतले पदबाट राजिनामा दिनुभएको छ । आजदेखि उम्मेद्वारको मनोनयन दर्ताको मिति निर्वाचन आयोगले तोकेपछि उपमेयर बस्नेतले राजिनामा दिनुभएको हो ।

बहालवाला जनप्रतिनिधिले राजिनामा दिएर मात्र उम्मेदवार बन्न पाउने सर्वोच्चले फैसला गरेसँगै उहाँले पनि राजिनामा दिनुभएको हो । उपप्रमुख बस्नेतले सुर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापालाई राजिनामा पत्र बुझाउनुभएको छ । राजिनामा सँगै उहाँले प्रयोग गदै आउनुभएको सवारी साधनपनि फिर्ता गरेको बताउनुभएको छ । स्थानीय तहको यहि बैशाख ३० गते हुने निर्वाचनमा सुर्यविनायक नगरपालिका भक्तपुरमा मेयरमा बासुदेव थापा र उपमेयरमा जुना बस्नेतले नै दोहोरिने चर्चा छ ।