१२ बैशाख २०८१, बुधबार 1713947462
Banner

काठमाडौको काडाँघारीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं : काठमाडौको काडाँघारीमा आज बिहानै मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–६ का अन्दाजी ३२ वर्षीय कमल आले मगर र अन्दाजी २२ वर्षीय गोपाल आले मगर छन्। दुबैको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो। 

उनीहरु सवार बा ५० प ९९३६ नम्बरको मोटरसाइकल बिहान साढे ५ बजे बिजुलीको पोलमा ठोकिएको प्रहरी प्रभाग काँडाघारीले जनाएको छ।