१२ बैशाख २०८१, बुधबार 1714000842
पालिका

यी हुन एमाले चितवनका सात पालिकाका प्रमुख र उपप्रमुख

चितवन, ११ वैशाख । नेकपा (एमाले) चितवनले जिल्लाका सात पालिकामा प्रमुख र उपप्रमुख टुंगो लगाएको छ । भरतपुर र माडीको उपप्रमुख भने तालमेलका लागि खाली राखेको हो ।

जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार राप्ती नगरपालिकाको मेयरमा गोविन्द कँडेल र उपमेयरमा मेनका पाठक, खैरहनीको मेयरमा लालमणि चौधरी र कविता उप्रेती, रत्ननगरको मेयरमा विमला दुवाडी र उपमेयरमा यादव पाठक, कालिकाको मेयरमा विनोद रेग्मी र उपमेयरमा विमला लामा चयन हुनुभएकोछ ।

यसैगरी माडीको मेयरमा ताराकाजी कुमारी महतो चयन हुनु भएको छ भने ईच्छाकामनाको प्रमुखमा दानबहादुर गुरुङ र उपप्रमुख माया सिलवाल चयन हुनु भएको छ । भरतपुरका मेयरमा यस अघि नै विजय सुवेदी चयन भईसक्नु भएको छ ।