१४ बैशाख २०८१, शुक्रबार 1714138266
Banner

स्थानीय तहको निर्वाचनका लागि आजदेखि उम्मेदवारीको मनोनयन दर्ता

काठमाडौं । वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनको लागि आजदेखि उम्मेदवारीको मनोनयन दर्ता हुने भएको छ । विहान १० देखि अपरान्ह ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

निर्वाचन आयोगले वैशाख ११ र १२ गते दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने जनाएको छ ।

वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम तय भएको छ ।