१३ बैशाख २०८१, बिहीबार 1714055567
Uncategorized

एमालेसँग सम्बन्ध बढाउन प्रधानमन्त्री देउवा ओली निवास बालकोट जाने

काठमाडौं – संसदमा जारी अवरोध हटाउने विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष ओलीको निवास बालकोट जाने हुनुभएको छ ।

आज भएको गठबन्धनको बैठकमा यस विषयमा संसद अवरोध हटाउन एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट जान नेताहरुले देउवालाई सुझाव दिएका हुन् ।

जनमोर्चाकी उपाधक्ष्य दुर्गा पौडेलका अनुसार देउवालाई बालकोट गएर एमालेले गरेको संसद अवरोध हटाउन र सर्वदलीय बैठकमा एमालेलाई उपस्थित हुन सहमत गराउने जिम्मा दिएको छ । ‘शायद आज भोली नै प्रधानमन्त्री एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट जानुहुन्छ गठबन्धन बैठकपछि पौडेलले भन्नुभयो । ओलीलाई भेट्न निवासमै जान आफू पनि तयार रहेको देउवाले बैठकमा बताउनुभएको छ ।’

हिजो वरिष्ठ नेता रामचन्द्र पौडेलले ओलीलाई भेटेर संसदको अवरोध अन्त्य गर्न आग्रह गर्नुभएको थियो । ओलीले यस बिषयमा प्रधानमन्त्रीसँगै छलफल हुन्छ भनेपछि देउवा बालकोट जान तयार हुनुभएको हो । एमालेले कारबाही गरेका माधव नेपाल सहितका १४ जना साँसदको पद खारेज नगरेसम्म संसद अवरोध जारी रहने एमालेले जनाएको छ ।