२०७९ मंसिर १६ शुक्रबार 1669997471
राजनीति

महिला अधिकार समाप्त पार्न खोजेको भन्दै प्रदर्शन

बीरगंज । विभिन्न राजनीतिक दलमा आबद्ध महिलाहरूले गठबन्धनको नाममा महिला अधिकार समाप्त पार्न खोजेको भन्दै आज वीरगन्जमा प्रदर्शन गरेका छन् ।नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपाका महिला नेतृहरूले वीरगन्जको घण्टाघरमा निर्वाचन आयोगले दलहरूबिच गठबन्धन भएमा महिलाका लागि आरक्षित गरिएको उपप्रमुख तथा उपाध्यक्ष पदमा अन्य दलको पुरुष उम्मेदवार समेत उठ्न पाउने निर्णयको विरोधमा वीरगन्जमा प्रदर्शन गरिएको हो ।

महिला नेतृहरूले ‘महिलाको अधिकार मेट्न पाइँदैन’, ‘पार्टी बेच्न पाइँदैन’, ‘पार्टी विधि र प्रक्रियाबाट चल्नुपर्छ’ भन्दै प्रदर्शन गरेका थिए ।

विरोध कार्यक्रममा नेपाली काँग्रेसकी महिला नेतृ एवं प्राध्यापक डाक्टर सुष्मा शर्मा, राजपाकी महिला नेतृ रम्भा मिश्र, नेतृ गुड्डी जोशी, लगायतको सहभागिता रहेको थियो ।