२०७९ आश्विन १२ बुधबार 1664366637
शिक्षा /स्वास्थ्य

कोरोना सङ्क्रमण थप १८ जनामा पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ९ सय ४७ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ७३२ पुगेको छ । एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार १७९ रहेको छ ।

त्यस्तै,पछिल्लो समय थप १७ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार ४९८ पुगेको छ । निको हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

कोरोनाको कारण पछिल्लो समय कसैको पनि मृत्यु भएको छैन । नेपालमा यस रोगबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ५१ पुगेको छ ।

त्यसैगरी, पछिल्लो समय ४८ हजार ७८० ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २८३ रहेको छ । अहिले होम आइसोलेसनमा २८१ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा दुई जना रहेका छन् ।