१३ बैशाख २०८१, बिहीबार 1714077154
खेलकुद

मदन भण्डारी रोड रेस सम्पन्

काठमाडौं । मदन भण्डारी ५ किलोमिटर रोड रेस प्रतियोगिता शनिबार सम्पन्न भएको छ । नेपाल खेलकुद महासंघ र रन क्लब नेपालको संयुक्त आयोजनामा गरिएको प्रतियोगितामा खुला पुरुष–महिला र छात्र–छात्रा गरी दुईसय भन्दा बढि खेलाडी सहभागि थिए ।

रोड रेस ठमेलस्थित छायाँ सेन्टरबाट सुरु भई विभिन्न भागको परिक्रमा गरी पुनः सोही स्थानमा आएर टुंगिएको थियो। खुला पुरुष तथा महिला विजेता, उपविजेता र तेस्रो स्थान हासिल गर्नेले क्रमशः २५ हजार, आठ हजार र पाँच हजार रुपैंया पुरस्कार दिएर सम्मान गरिएको थियो । प्रतियोगिताको सभापतित्व नेपाल खेलकुद महासंघका अध्यक्ष परशुराम बस्नेतले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथी नेकपा एमाले स्थायी कमिटी सदस्य एवं पुर्वमन्त्री भानुभक्त ढकाल, विशेष अतिथी ओलम्पियन जीत बहादुर केसी, ओम प्रसाइ येकेन्द्र कुँबर, सुदर्शन गुरुङ्ग, चेतन गिरी लगायतको सहभागिता रहेको थियो ।