८ बैशाख २०८१, शनिबार 1713600305
पालिका

एमालेमा प्रवेश गरे माओवादीबाट सिफारिस उम्मेदवार

sflnsf]6 – एमाले जनताको पार्टी हो भन्दै कालिकोटको शुभकालिका गाउँपालिका ५ बाट नेकपा माओवादीको वडा अध्यक्षको उम्मेदवार सिफारिस भएका गोपाल भट्टराई एमालेमा प्रवेश गरेका छन् ।

उनलाई नेकपा माओवादीले वडाध्यक्ष पदका लागि सिफारिस गरेको थियो । माओवादी केन्द्रले उनी सहित प्रकाश हमाललाई समेत वडा अध्यक्षमा सिफारिस गरेको थियो ।

एमाले स्थायी कमिटि सदस्य गोरख वोगटीले एमाले प्रदेश कार्यालयमा उनलाई एमालेमा स्वागत गरेका हुन ।

‘एमाले जनताको पार्टी हो । यहाँ सबैले समान अधिकार पाउने र जनताको पक्षमा काम गर्ने पार्टी उमाले भएको मेरो ठम्याई थियो । त्यहि कारण म पद भन्दा पनि पार्टीको विचार, विधीसँग सहमत भएर एमालेमा प्रवेश गरेको हो ।’ भट्टराईले भने ।

उनले कम्युनिष्टको नाममा पुंजीवादीलाई भोट दिनुपर्ने बाध्यता माओवादीमा भएको बताए ।