१३ बैशाख २०८१, बिहीबार 1714078100
Uncategorized

रोल्पा एमाले सचिव रोकाको निधन

नेकपा (एमाले) रोल्पा जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको हृदयघातका कारण निधन भएको छ । जिल्ला अधिवेशन तयारीका लागि खटिएको बेला उनको निधन भएको नेकपा एमाले रोल्पाले जनाएको छ । गएराति  नुवागाउँ अस्पतालमा रोकाको निधन भएको नेकपा एमाले रोल्पाका अध्यक्ष बालाराम बुढाले जानकारी दिए । रोका रोल्पाको त्रिवेणी गाउँपालिका–२ निवासी हुन् । उनी पुस २३ गते हुन लागेको जिल्ला अधिवेशनको तयारीमा खटिएका थिए ।