८ बैशाख २०८१, शनिबार 1713644084
राजनीति

निर्वाचन आयोगले राजनीतिक दलहरूलाई बन्दसूचीबाट नाम हटाउन दिएको समयसीमा आजसम्म सक्किदै

काठमाडौ । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ नाम भई स्थानीय तहमा उम्मेदवार हुन चाहने व्यक्तिको नाम बन्दसूचीबाट हटाउन तीन दिनको समयसीमा तोकेको थियो । आयोगले वैशाख १० गतेभित्र उक्त सूचीबाट नाम फिर्ता लिन राजनीतिक दलहरूलाई समयसीमा तोकेको हो ।


स्थानीय तहको निर्वाचनको उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते हुनेछ । २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ बन्दसूचीमा नाम रहेका उम्मेदवारको नाम स्थानीय निर्वाचनको उम्मेदवारी दर्ता अगावै फिर्ता लिनुपर्नेछ । कानुन बमोजिम बन्दसूचीमा बुझाइएका उम्मेदवारको नाम प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकालभर कायम रहनेछ । साथै सूचीमा रहेका व्यक्तिको नाम फिर्ता नभएसम्म एउटै व्यक्ति एकभन्दा बढी निर्वाचनमा भाग लिन नपाउने व्यवस्था छ ।