२०७९ आश्विन १५ शनिबार 1664678672
कला/साहित्य

क्यान इन्फोटेक तेश्रो दिनः कलाकार स्वस्तिमा खड्का र निस्चल बस्नेतद्वारा अवलोकन

काठमाडौं । आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आरको तेश्रो दिन यसअघिको तुलनामा अवलोकनकर्ताको आकर्षण बढेको छ ।

विगतका इन्फोटेकहरूमा कम्प्युटर, ल्यापटप, मोबाइल र अन्य आईसीटी एक्सेसेरिजहरूको स्टलहरूमा उल्लेख्य भीड देखिने गरेको भए पनि यो इन्फोटेकमा आईसीटी एक्सेसेरिजका स्टलभन्दा ब्राण्डिङ, फिनटेक, स्टार्टअप, इन्नोभेसन तथा प्रडक्ट लञ्चिङमा अवलोकनकर्ताहरूको आकर्षण देखिएको छ । विशेषगरी शुक्रबार आईएमई–पे, सनवे कलेज, भायानेट, वर्लर्डलिंक, नमस्ते–पे, एससीटी स्मार्ट क्यूआर, डिशहोम फाइबर नेट, नेपाल क्लियरिङ हाउस (एनसीएलएल) र सफ्टवेरिका कलेजका स्टलहरूमा अवलोकनकर्ताहरूको बाक्लो उपस्थिति थियो। त्यस्तै सनराइज बैंक, ग्लोबल आईएमई बैंक र एनआईसी एशिया बैंकका स्टलमा पनि अवलोकनकर्ताको भीड लागेको छ ।

क्यान इन्फोटेकको २७ औं संस्करणको प्रमुख प्रायोजक आईएमई–पेले आफ्नो स्टलमा निशुल्क भिसा कार्ड उपलब्ध गराउनुका साथै आईएमई–पे वालेटमा भएको ब्यालेन्समा वार्षिक ६ प्रतिशत ब्याज पनि दिने ब्यबस्था गरेका कारण अवलोकनकर्ताको आकर्षण देखिएको हो ।

क्यान इन्फोटेक शुरु भएका दिन देखिनै वर्षाका कारण प्रदर्शनीमा अवरोध भए पनि नेपाल सरकार एवं निजि क्षेत्रका उच्च पदस्थ कर्मचारी, कलाकार एवं सर्बसाधारणको प्रदर्शनीमा चासो देखिएको छ । शुक्रवार कलाकार स्वस्तिमा खड्का र निश्चल बस्नेतले भृकुटीमण्डपमा क्यान इन्फोटेक अवलोकन गर्दै विगत २७ वर्षदेखि क्यान महासंघले नेपालका सुचना तथा संचार प्रविधि सम्बन्धि ब्यबसायीहरुलाई प्लाटफर्म उपलब्ध गराउंदै देशको सुचना तथा संचार प्रविधिको विकाशमा पुर्याएको योगदानको प्रसंशा गरे ।