२०७९ आश्विन १६ आईतवार 1664762631
पालिका

तस्विरमा हेर्नुहोस काठमाडौं महानगर कमिटीको प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रम

काठमाडौ । नेकपा एमाले काठमाडौं महानगरकमिटीले चुनावी प्रतिबद्धतापत्र सार्बजनिक गरेको छ ।

केन्द्रीय कमिटिको सर्कुलर अनुसार देशका ७५३ वटै स्थानिय तहमा तय गरिएको कार्यक्रम अनुरुप आज महानगरकले प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो ।

काठमाडौंको नयाँबजारमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री कृष्ण गोपाल श्रेष्ठ,एमाले काठमाडौ सह – ईन्चार्ज नारायण सिल्वाल , वर्तमान मेयर विद्यासुन्दर शाक्य, पुर्वमेयर केशव स्थापीत प्रदेश कमिटिका प्रतिनिधि , जिल्ला , तथा नगर , वडा कमिटिका पदाधिकारी लगायतका आम कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।