६ बैशाख २०८१, बिहीबार 1713453122
Banner

अमेरिकी सांसदहरुको टोली नेपाल भ्रमणमा आइपुग्यो

काठमाडौं । नेपाल भ्रमणमा अमेरिकी सांसदहरुको टोली आइपुगेको छ । अमेरिकी सांसद किरस्टिन गिलिब्रान्डको नेतृत्वको टोली आज साँझ आइपुगेको हो ।

टोलीमा सिनेटरहरु सेल्डन ह्वाइटहाउस, कोरी बुकर, मार्क केली र प्रतिनिधि मोनडेरी जोन्स रहेको अमेरिकी राजदूतावासले जनाएको छ । अहिलेसम्मकै ठूलो अमेरिकी सांसदहरुको टोली नेपाल आउनुलाई अर्थपूर्ण मानिएको छ ।

अमेरिकी संसदीय टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, मुख्य राजनीतिक दलका नेताहरुसँग भेटेर द्विपक्षीय सम्बन्धका बारेमा छलफल गर्ने जनाइएको छ । उनीहरुले दुई देशबीचको सम्बन्ध, युक्रेनमा रुसी हमला विषयमा पनि छलफल गर्ने बताइएको छ । अमेरिकी संसदीय टोली शनिबार पदयात्रामा सहभागी हुने कार्यक्रम छ । शनिबार व्यस्त हुने अमेरिकी टोली आइतबार फर्कने कार्यक्रम रहेको छ ।-Photo Source: US Embassy