७ बैशाख २०८१, शुक्रबार 1713585055
राजनीति

दमक नगरपालिकाको प्रमुखको उम्मेदवार बन्न उपप्रमुख अधिकारीको राजीनामा

दमक नगरपालिकाको नगरप्रमुखको उम्मेदवार बन्न उपप्रमुख गीता अधिकारीले पदबाट राजीनामा दिएकी छन् ।

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा नगरप्रमुख बन्न शुक्रबार नगरप्रमुख रोमनाथ ओलीसमक्ष राजीनामा दिएकी हुन् ।

निर्वाचन आयोगले फेरि उम्मेदवार बन्न अनिवार्य राजीनामा दिनुपर्ने बाध्यात्मक व्यवस्था ल्याएपछि अधिकारीले पदबाट राजीनामा दिएकी हुन् । अधिकारीसहित नगरप्रमुखका लागि दमकबाट नेकपा एमालेले तीनजना आकांक्षीको नाम माथिल्लो कमिटीमा उम्मेदवार छनोटका लागि पठाएको छ । अधिकारीसहित अम्बिका खनाल र होमबहादुर थापाको नाम पनि नगरमा भोट नै गरेर माथिल्लो कमिटीमा सिफारिस गरेको हो । चुनाव नजिकिएकाले राजीनामा दिइएको उनले बताइन् । ‘भोलि शनिबार बिदा भयो । आइतबार नोमिनेसनको हो । त्यसकारण आजैराजीनामा दिएँ,’ उनले भनिन् ।