१३ बैशाख २०८१, बिहीबार 1714106775
Banner

शासक तानाशाह र दमनमा उत्रिएपछि विद्रोहको सुरुवात भयो : अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी ओलीले समाजको विकास क्रमको व्याख्या गर्दै शासक दमनमा उत्रिएपछि विद्रोह हुने क्रम सुरु भएको बताउनु भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा अध्यक्ष ओलीले  शासक दमनमा उत्रिएपछि आवश्यकताले विद्रोह जन्मिदै आएको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘पहिले शासनका लागि सङ्गठनहरू बन्न थाले । जब शासनहरू तानाशाह हुन थाले, दमनकारी हुन थालेपछि समुदायभित्र नै एउटा शासक, अर्को शासित । एउटा मालिक, अर्को दासको प्रचलन सुरु हुन थाल्यो । त्यसपछि विद्रोहको आवश्यकता भयो ।’

राज्य तानाशाह र दमनकारी अब रहन नसक्ने भन्दै उहाँले तानाशाह र दमनकारीविरुद्ध जनता उत्रिने बताउनुभयो ।