२०७९ आश्विन १२ बुधबार 1664365878
Banner

काठमाडौं महानगरपालिकामा विद्यासुन्दरको पाँच वर्षः युवा उद्यमशीलतालाई प्रोत्साहन, सम्पदाको संरक्षण र विकासमा कायापलट

काठमाडौं- २०७४ सालको स्थानीय निर्वाचनमा सबैभन्दा ठूलो र पुरानो काठमाडौँ महानगरपालिकामा नेकपा (एमाले) ले जित निकालेपछि सकारात्मक सुधारको आधार तयार भएको छ ।

२०७४ सालको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई भारी मतले पराजित गर्दै एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले काठमाडौँमा जित निकाल्नु भएको थियो । उहाँको जितसँगै यो पाँच वर्षे कार्यकालमा धेरै सकारात्मक काम सम्पन्न भएका छन् ।

काठमाडौँ महानगरपालिकाको सहकार्य तथा समन्वयमा रानीपोखरी, धरहरा र मरु सतः (काष्ठमण्डप) को पुनर्निर्माण तथा पुतली सडक ढल समस्याको निराकरण भएको छ । भूकम्पले क्षतिग्रस्त बनेका ऐतिहासिक सम्पदा अहिले एकपछि अर्को गर्दै उठ्दै आएका छन् ।

१९६ किलोमिटर सडक कालोपत्रे

मेयर शाक्य स्वयं पनि आफूले महानगरपालिकाको नेतृत्व सम्हालेपछि भूकम्पले ढलेका ऐतिहासिक सम्पदा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम गरेको बताउनुहुन्छ । ‘ १९६ दशमलव १ किलोमिटर सडक कालोपत्रे, १४ दशमलव ६८ किलोमिटर सडक ढलान र १० दशमलव ७९ किलोमिटर सडकमा ब्लक छाप्ने काम हाम्रै पालमा सम्पन्न भएको छ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘४ दशमलव ८९ किलोमिटर सडकमा ढुङ्गा छाप्ने काम भएको छ भने २२६ दशमलव ४ किलोमिटर सडक मर्मत गरिएको छ ।’
प्रमुख शाक्यका अनुसार १८ दशमलव ३४ किलोमिटर ढल निर्माण सम्पन्न भएको छ भनेचारहजार ९०० थान सडक बत्ती जडान पनि प्रमुख शाक्यकै पालामा सम्पन्न भएको छ । पैदलयात्रीका लागि चार ओटा आकाशे पुल र विभिन्न नदी खोलामा ११ वटा पैदल यात्री ट्रस व्रिज निर्माण पनि एमालेले नेतृत्व गरेपछि बनेका छन् ।

‘१९६ दशमलव १ किलोमिटर सडक कालोपत्रे, १४ दशमलव ६८ किलोमिटर सडक ढलान र १० दशमलव ७९ किलोमिटर सडकमा ब्लक छाप्ने काम हाम्रै पालमा सम्पन्न भएको छ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘४ दशमलव ८९ किलोमिटर सडकमा ढुङ्गा छाप्ने काम भएको छ भने २२६ दशमलव ४ किलोमिटर सडक मर्मत गरिएको छ ।’

वडा कार्यालयहरू आफ्नै भवनमा

प्रमुख शाक्य काठमाडौँ महानगरपालिकाले ल्याएको नीतिलाई क्रमिक रूपमा कार्यान्वयन गर्ने चरणमा अघि बढेको र त्यसमा सफलता प्राप्त भएको बताउनुहुन्छ । प्रमुख शाक्यले २०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकामा विजयी भएर आएपछिको पहिलो बैठकबाटै महानगरपालिकाको केन्द्रीय भवन र सबै वडा कार्यालय भवन बनाउँछौँ भनेर घोषणा गरेको स्मरण गराउँदै यो काम पूरा हुँदै गएको बताउनुभयो ।

‘नगरसभाले त्यही नीति अनुसार बजेट पनि व्यवस्थापन गरेको थियो,’ शाक्यले भन्नुभयो, ‘महानगरपालिकाको केन्द्रीय भवन र सबै वडा कार्यालय भवन हाम्रै कार्यकालमा बनाउँछौँ भनेर हामीले सपना देखेका थियौँ ।’

उहाँका अनुसार वडा नं. ३, ४, ९, १४, १८, २२ र २६ ले नयाँ भवनबाट सेवाग्राहीलाई सेवा दिन सुरु गरेका छन् । ‘वडा नं.२, ६, १२, १६, २०, २१, २७ र ३१ को भवन निर्माण कार्य भैरहेको छ,’ उहाँले भन्नुभयो, ‘५, ६, ७, १०, १५, १७ र ३२ नं.वडाको तला थपेर सञ्चालनमा ल्याइएको छ ।’

वडानं. ८ र ११ को खरिद प्रक्रिया अघि बढेको, वडा–२७ को भवन केही महिना अघि शिलान्यास भएको र निर्माण चरणमा रहेको उहाँले बताउनुभयो । महानगरपालिकाका अनुसार वडा नं. २९ र ३० को जग्गा खरिद प्रक्रिया अघि बढेको छ । वडा नं. १९ को जग्गा खरिद प्रक्रियामा केही समस्या भएकाले ढिलाई भैरहेको छ भने वडा नं. १३, २४ र २५ बन्न बाँकी छन् । महानगरपालिकाले दिएको जानकारी अनुसार वडा नं. २८ को भवन निर्माणका लागि जग्गा खोजी भइरहेको छ ।वडा नं. २३ भाडामा सञ्चालित छ ।’

काठमाडौँ महानगरपालिकाले सबै वडा भवन निर्माण गर्दा भित्री स्वरूप आधुनिक र बाहिरी स्वरूप परम्परागत शैलीमा मौलिकता झल्किने गरी एकै खालको निर्माण गरिरहेको छ ।

वडा नं. ३, ४, ९, १४, १८, २२ र २६ ले नयाँ भवनबाट सेवाग्राहीलाई सेवा दिन सुरु गरेका छन् । ‘वडा नं.२, ६, १२, १६, २०, २१, २७ र ३१ को भवन निर्माण कार्य भैरहेको छ,’ उहाँले भन्नुभयो, ‘५, ६, ७, १०, १५, १७ र ३२ नं.वडाको तला थपेर सञ्चालनमा ल्याइएको छ ।’

मेगा हलदेखि दमकल भवन र पार्क निर्माणसम्म

काठमाडौँमा दमकल भवन निर्माणदेखि पार्क निर्माणसम्मको कामले प्राथमिकता पाएको छ । बौद्ध रामहिटीमा दमकल भवन तथा तालिम केन्द्र निर्माण भएर सञ्चालनमा आइसकेको छ भने भृकुटीमण्डपमा मेगा हलको प्रारम्भिक डिजाइन तयार गरी जग्गा उपलब्ध गराउन नेपाल सरकारसँग महानगरपालिकाले माग गरेको छ । कोटेश्वर तीनकुनेमा बुद्ध पार्कको डिजाइन अनुरूपको कार्य अगाडि बढाउनका लागि जग्गा मुआब्जा विवाद निरूपण गर्न क्रियाशील रहेको पनि महानगरपालिकाले जानकारी दिएको छ ।

हाल उक्त स्थानमा वातावरणमैत्री अस्थायी संरचना निर्माण गरी जग्गाको संरक्षण गरिएको छ । कमलपोखरीसहित करिब ३० ओटा पार्क निर्माण सम्पन्न भएका छन् भने २२ भन्दा बढी पार्क निर्माणाधीन अवस्थामा छन् । त्यस्तै २५ वटा पार्क कार्यान्वयनको चरणमा रहेका छन् । यसरी हेर्दा पाँचबर्षमा ७३ वटासार्वजनिक पार्क निर्माण भएका छन् । निर्माण भएका र निर्माणाधीन पार्कमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूको पहुँच सुनिश्चित गरिएको छ । त्यसैगरी एकहजार सातसय थान स्मार्ट स्ट्रिट लाइट र ८८ थान हाइमास्ट बत्ती जडान कार्य प्रक्रियामा रहेको छ ।

कमलपोखरीसहित करिब ३० ओटा पार्क निर्माण सम्पन्न भएका छन् भने २२ भन्दा बढी पार्क निर्माणाधीन अवस्थामा छन् । त्यस्तै २५ वटा पार्क कार्यान्वयनको चरणमा रहेका छन् । यसरी हेर्दा पाँचबर्षमा ७३ वटासार्वजनिक पार्क निर्माण भएका छन्

स्वास्थ्य क्षेत्रमा भएका काम

काठमाडौँ महानगरपालिका र नेपाल एम्बुलेन्स सेवाबीच २०७६ बैशाख १५ गते सम्झौता गरी सञ्चालनमा ल्याइएका १० वटा एम्बुलेन्सले१०२ नं. को हटलाइन मार्फत निःशुल्क सेवा उपलब्ध गराइरहेका छन् । कोभिडका बेला ती एम्बुलेन्सले निःशुल्क सेवा प्रदान गरेका थिए । त्यसैगरी केही हप्ता अघि मात्रै काठमाडौँ महानगरपालिकाले १५ थान शव बाहन तथा एम्बुलेन्स खरिद गरेर बिभिन्न सामाजिक संस्थाहरूलाई हस्तान्तरण गरेको छ ।

त्यसैगरीकाठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई बालबालिकाको उपचारका लागि विशिष्टिकृत सेवा दिने उद्देश्यका साथ विशेषज्ञसहितको आधुनिक अस्पताल निर्माणका लागि काठमाडौँ महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । स्वस्थ मिर्गौला, स्वस्थ्य काठमाडौं कार्यक्रम अन्तर्गत मिर्गौला बचाऊ अभियान सञ्चालन गरेको छ । ‘महानगरपालिकाको सहयोगमा बीरेन्द्र सैनिक अस्पतालमा १० बेडको निःशुल्क मिर्गौला डाइलासिस सेवा सञ्चालन गरी मिर्गौला पीडित नगरवासीलाई सेवा प्रदान गर्दै आएको छ । ‘महानगरपालिकाको सहयोगमा छत्रपाटी निःशुल्क चिकित्सालयमा ३५ बेडको विशेष कोभिड अस्पताल सञ्चालन गरिएको छ ।

त्यसैगरी नरदेवी आयुर्वेद अस्पतालमा अक्सिजनसहित १०० बेड र राधास्वामी आइसोलेसन केन्द्रमा अक्सिजनसहित १७४ बेडको आइसोलेसन केन्द्र सञ्चालन गरिएको छ । कोभिड रोकथाम तथा न्यूनीकरणका लागि १० करोड रूपैयाँबाट कोष स्थापना गरिएको र कोभिड सम्बन्धी परामर्शका लागि ११८० हटलाइन सेवा सञ्चालन गरिएको नगरप्रमुख शाक्यले वताउनुभयो । ‘कोभिड महामारीको उपचारका लागि सरकारी र सामुदायिक अस्पताललाई ४६ थान भेन्टिलेटर प्रदान गरिएको छ,’ उहाँले भन्नुभयो, ‘महानगरपालिकाको सहयोगमा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कान्ति बाल अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि आर्थिक सहयोग गरिएको छ ।

गंगालाल अस्पतालमा ४७ लिटरका १३५ सिलिण्डर दैनिक अक्सिजन उत्पादन गर्ने प्लान्टको स्थापना गरिएको छ । कोभिडविरुद्धको खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्दै आइरहेको छ ।’ विशेषज्ञ स्वास्थ्यसेवा सुधारका लागि त्रिवि शिक्षण अस्पताललाई सिटी स्क्यान मेशिन, वीरेन्द्र सैनिक अस्पताललाई डाइलासिस मेशिन खरिद गर्न र उपचार कक्ष निर्माण गर्न तथा कान्ति बाल अस्पताललाई रगतका तत्व छुट्याउने मेशिन र जलेका विरामीको उपचारमा आवश्यक पर्ने उपकरण खरिदका लागि कीर्तिपुर अस्पताललाई, अक्सिजन प्लान्ट स्थापना गर्न मनमोहन अस्पताल, दक्षिणकालीलाई आर्र्थिक सहयोग गरेको छ । महानगरले छत्रपाटी निःशुल्क चिकित्सालयमा लिफ्टजडान, त्रिवि शिक्षण अस्पताललाई अत्याधुनिक सीटी क्यान मिसिन खरीदका लागि करिब सातकरोड ५० लाख रुपियाँबराबरको १२८ स्लाइसको अत्याधुनिक सिटी स्क्यान मेसिन खरिद गरिदिएको छ ।’

‘कोभिड महामारीको उपचारका लागि सरकारी र सामुदायिक अस्पताललाई ४६ थान भेन्टिलेटर प्रदान गरिएको छ,’ उहाँले भन्नुभयो, ‘महानगरपालिकाको सहयोगमा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कान्ति बाल अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि आर्थिक सहयोग गरिएको छ ।

भगिनी सम्बन्धनको थालनी

प्रत्येक प्रदेशका एक नगरपालिकासँग भगिनी सम्बन्ध स्थापित गरी संस्कृति सम्वद्र्धन, वातावरणीय प्रवद्र्धन तथा अभिभाकत्वसहित सामुहिक सञ्जाल निर्माण गरी आर्थिक तथा प्राविधिक सहयोग गर्ने नीति अनुरूप महानरपालिकाले अहिलेसम्म पाँच ओटा नगरसँग भगिनी सम्बन्ध स्थापित गरिसकेको छ ।

‘सुदूर पश्चिमको अमरगढी नगरपालिका, कर्णाली प्रदेशको चन्दननाथ नगरपालिका, लुम्बिनी प्रदेशको रामग्राम नगरपालिका, वागमति प्रदेशको मेलम्ची नगरपालिका तथा प्रदेश १ को पाख्रीवास नगरपालिकासँग भगिनी सम्बन्ध स्थापित गरी आर्थिक सहयोग उपलब्ध गराएको छ । त्यसैगरी नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत उपत्यकाका विभिन्न १३ वटा नगरपालिकामा सार्वजनिक जग्गा संरक्षण गरेर पार्क निर्माण कार्य समाप्तिको चरणमा रहेको छ ।

‘सुदूर पश्चिमको अमरगढी नगरपालिका, कर्णाली प्रदेशको चन्दननाथ नगरपालिका, लुम्बिनी प्रदेशको रामग्राम नगरपालिका, वागमति प्रदेशको मेलम्ची नगरपालिका तथा प्रदेश १ को पाख्रीवास नगरपालिकासँग भगिनी सम्बन्ध स्थापित गरी आर्थिक सहयोग उपलब्ध गराएको छ ।

राजस्व निर्धारण र संकलनमा नयाँ आयम

राजस्व निर्धारण तथा संकलनमा सफ्टवेयर प्रयोग गरी वडा कार्यालयमा भएका करदाताहरूका फाइलहरूडिजिटलाइन गर्ने कामको थालनी भएको छ । अब घरैमा बसी कर बुझाउन सकिने गरी ई– पेमेन्ट प्रणाली लागू भएको छ । ‘कोभिड–१९ महामारीबाट करदातामा परेको असरलाई कम गराउन सम्पत्ति करमा ९० प्रतिशतसम्म, बहाल करमा १० प्रतिशत र व्यवसाय करमा ५० प्रतिशतसम्म छुट दिएको छ ।वडा तहमा समेत मेलमिलाप केन्द्र सञ्चालन गरिएको छ ।महानगरपालिकाको संगठन संरचना, दरबन्दी र विभागीय कार्यविवरण स्वीकृत गरी कार्यान्वयनमा आएको छ ।नक्सा पास प्रक्रियालाई थप परिष्कृत गर्दै डिजिटल सिग्नेचर प्रणालीलाई नमूनाका रूपमा प्रयोगमा ल्याइएको छ । भवन जाँचवुझ समिति गठन गरेर भवनहरूको स्थलगत अनुगमन गर्ने काम थालिएको छ । ३२ वटा ऐन, ३६ वटा नियम-विनियम-कार्यविधि-निर्देशिका जारी गरिएको छ ।

भवन जाँचवुझ समिति गठन गरेर भवनहरूको स्थलगत अनुगमन गर्ने काम थालिएको छ । ३२ वटा ऐन, ३६ वटा नियम-विनियम-कार्यविधि-निर्देशिका जारी गरिएको छ ।

सहिदहरूको शालिक निर्माणदेखि नेपालभाषाको पठनपाठनसम्म

महानगरपालिकाले सहयोगापेक्षी मानवहरूको उद्धार, औषधोपचार र बसोबासका लागि आवश्यक पर्ने भवनका लागि बार्षिकरूपमा नियमित ५० लाखका दरले अनुदान उपलब्ध गराएको छ भने काठमाडौँ महानगरपालिकालाई सडक सहयोगापेक्षी मानवमुक्त सहर बनाउने काम जारी रहेको छ ।

काठमाडौं महानगरपालिकाको प्राविधिक तथा आर्थिक सहयोगमा नागार्जुन नगरपालिकामा शहिद धर्मभक्त माथेमा मानवसेवा आश्रम निर्माण कार्य अगाडि बढाइएको छ । सहिदहरु (दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री), राष्ट्रिय विभूति शंखधर साख्वा, नेपालभाषाका अग्रज तथा मानव अधिकारकर्मी पद्मरत्न तुलाधरको पूर्ण कदको सालिक निर्माण तथा प्रतिस्थापन गरिएको छ ।काठमाडौंका विद्यालयहरूमा कक्षा १ देखि ८ सम्म नेपालभाषामा स्थानीय विषयको पठनपाठन शुरू गरिएको नगरप्रमुख शाक्यले वताउनुभयो । जसको लागि पाठ्यक्रम विकास, सन्दर्भ सामग्री, नेपाल भाषा प्रशिक्षक तालिम, नियमित अनुगमन जस्ता कार्यक्रम भइरहेको छ ।’

त्यसैगरी एक वडा एक नमूना विद्यालय विकास कार्यक्रम अन्तर्गत ३२ वटा सामुदायिक विद्यालयमा कार्यक्रम सञ्चालन भएको छ । ९२ वटै सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधार गरिएको छ ।१५ देखि ६० बर्ष उमेर समूहको जनसंख्यामध्ये ९६ दशमलव ६ प्रतिशतलाई साक्षरता कार्यक्रममार्फत साक्षर महानगरपालिका २०७८ घोषणा गरिएका छ ।

शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले भन्नुभयो, ‘४० वटा सामुदायिक विद्यालयमा विद्यार्थीलाई प्रविधिप्रति आकर्षित गर्न आविष्कार क्लवसञ्चालन गरिएको छ । ११ वटा सामुदायिक विद्यालयमा प्राविधिक धारतर्फका कार्यक्रम सञ्चालन गरिएको छ ।’

एक वडा एक नमूना विद्यालय विकास कार्यक्रम अन्तर्गत ३२ वटा सामुदायिक विद्यालयमा कार्यक्रम सञ्चालन भएको छ । ९२ वटै सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधार गरिएको छ ।१५ देखि ६० बर्ष उमेर समूहको जनसंख्यामध्ये ९६ दशमलव ६ प्रतिशतलाई साक्षरता कार्यक्रममार्फत साक्षर महानगरपालिका २०७८ घोषणा गरिएका छ ।

फोहोर मुक्त सहरमा महानगरको कदम

काठमाडौँ सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतका अनुसार १० बर्षभन्दा बढी समयदेखि टुङ्गोमा पुग्न नसकेको काठमाडौं जिल्लाका महानगरसहित १० नगरपालिकाको एकीकृत फोहरमैला व्यवस्थापनका लागि सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत निजी क्षेत्रलाई सहभागी गराउने विषयलाई अघि बढाएको छ ।

सडक धूलोको प्रभावकारी नियन्त्रणका लागि आधुनिक प्रविधिका नौवटा बु्रमरले दैनिक सहर सफाई गरिरहेको महानगरपालिकाको भनाइ छ । ढल खोल्न अत्याधुनिक प्रविधिका पाँच थान जेट मेसिन खरिद गरी सञ्चालनमा ल्याएको छ भने घरबाट उत्सर्जित जैविक फोहोरलाई कम्पोष्ट मल बनाउन प्रत्येक बर्ष सहुलियत दरमा कम्पोष्ट विन वितरण गर्ने गरिएको छ ।
प्लाष्टिक झोलामुक्त शहरको रूपमा विकास गर्न कपडाको झोला वितरणलाई प्राथमिकतामा राखिएको छ । महानगरपालिकाले शहरी सौन्दर्य तथा हरियाली प्रवद्र्धन गर्न ११ ठाउँमा ट्राफिक आईल्याण्ड निर्माण गरेको छ भने मुख्य सडक किनार, खुल्ला स्थान, नदी किनार, सार्वजनिक स्थानमा करीब तीनहजारको संख्यामा वृक्षरोपण गरेको छ ।

‘रिचार्ज काठमाडौं अभियान अन्तर्गत १५ र २६ नम्बर वडा लगायत अन्य स्थानमा आकाशे पानी पुनर्भरण गरिएको छ,’ शाक्यले भन्नुभयो, ‘डाक्टरसहितको टोलीज्येष्ठ नागरिकको घरमा गएर निःशुल्क स्वास्थ्य परीक्षण गर्ने, ज्येष्ठ नागरिकको स्वास्थ्य वीमा गर्ने, सातओटा वडामा नयाँ स्वास्थ्य क्लिनिक स्थापना गरी सबै वडामा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने जस्ता कामको थालनी पनि हामीले गरेका छौँ ।’

स्वयम्भू, बानेश्वर, त्रिपुरेश्वरमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण भएका छन् । साथैे नयाँ निर्माण गरिएका पार्कहरूमा २५ वटा सार्वजनिक शौचालयको ब्यबस्था गरिएको छ । शहरी सुरक्षाका लागि नेपाल प्रहरीसँगको सहकार्यमा सीसीटिभी क्यामरा जडान स्टेशन स्थापना र सञ्चालन गरिएको छ ।विभाग र सबै वडा कार्यालयमा डिजिटल नागरिक वडापत्र राखिएको पनि महानगरपालिकाले जानकारी दिएको छ ।

महानगरपालिकाकोविद्युतीय सुशासनको पूर्वाधार तयार पार्ने क्रममा विल्डिङ परमिट सिस्टम (ईवीपीएस), सब—नेशनल ट्रेजरी रेगुलेटोरी एप्लिकेसन(सुत्र), घटना दर्ता र सामाजिक सुरक्षा प्रणाली, (भीईआरएस एमआइयस), अभिलेखीकरण प्रणाली (जनरल इन्भेन्ट्री सिस्टम), विद्युतीय हस्ताक्षर (इ सिग्नेचर), अनलाइन राजस्व व्यवस्थापन प्रणाली, विद्युतीय हाजिरी, डकुमेन्ट म्यानेजमेन्ट सिस्टम, प्रोक्योरमेन्ट फाइल ट्राकिङ् प्रणाली, अनलाइन एजुकेसन प्रणाली, काठमाडौँ अनलाइन समाचार पोर्टल, एम—पोलिस म्यानेजमेन्ट सिस्टम, सोसल रजिष्ट्रेसन एण्ड सफ्टवेयर डिजाइन, एसएम एस सिस्टम, कार्ड म्यानेजमेन्ट प्रणाली कार्यान्वयनमा ल्याइएको छ । ‘वडा नं. २५, १७, २७, १३ र १५ भित्र दमकल जान नसक्ने गल्लीमा फायर हाइडे«न्ट जडान गरिएको छ । विपद् पूर्व तयारीका लागि आपतकालीन उद्धार सामग्री खरिद र भण्डारण गरिएको छ ।पानी नआएका धाराका घरधनीलाई हालसम्मको शुल्क मिनाहा गर्ने कार्यको निरन्तर पहल गरिएको छ ।

‘वडा नं. २५, १७, २७, १३ र १५ भित्र दमकल जान नसक्ने गल्लीमा फायर हाइडे«न्ट जडान गरिएको छ । विपद् पूर्व तयारीका लागि आपतकालीन उद्धार सामग्री खरिद र भण्डारण गरिएको छ ।पानी नआएका धाराका घरधनीलाई हालसम्मको शुल्क मिनाहा गर्ने कार्यको निरन्तर पहल गरिएको छ ।

सम्पदा निर्माण–पुनर्निर्माणमा कायापलट

पाँच वर्षमा सम्पदा निर्माण–पुनर्निमाणमा काठमाडौँ महानगरपालिकाले कायापलट गरेको छ । २०७२ सालको भूकम्पले क्षति भएका मठमन्दिर, चैत्य, महाविहार, विहार, ढुङ्गेधारा, पाटी, सत्तलको पुननिर्माण, मर्मत सम्भार कार्य करिब सम्पन्न हुने अबस्थामा रहेको महानगरपालिकाले जानकारी दिएको छ ।

सम्पदा संरक्षणलाई प्राथमिकता दिई लुम्बिनीमा बज्रयान महाबिहार, बुद्धनगर अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र, बागबजारको बुद्ध विहार, आनन्दभूमि विहार, वडा २५ मा दिगी छें, वडा २९ मा वेणुगोपाल मन्दिर लगायत करिब १५० वटा मन्दिर, विहार, आगंछें, द्यःछें, क्वापा द्यःछें, त्वाछेंको संरक्षण, सम्वद्र्धन र पुनर्निर्माण गरिएको छ । परम्परागत बाजा सिकाउने गुरुहरूलाई सम्मान स्वरूप जनही बार्षिक ३० हजार रुपियाँ तथा प्रत्येक गुँला बाजा खलःहरूलाई दुईलाख रुपियाँ अनुदान सहयोगको थालनी गरिएको छ ।

त्यसैगरी भजन, दाफा खलःजस्ता मौलिक परम्परा र अभिव्यक्ति, सामाजिक अनुष्ठान तथा संस्कारहरू, परम्परागत शिल्पकला, परम्परागत नाच, श्रृङ्गार, गहना र बाजागाजा तथा जात्राको संरक्षणका लागि गुठीहरूलाई आर्थिक सहयोग गर्दै आएको छ ।
विगत १० बर्षदेखि रोकिएको चावहिलमा देखाइने लिच्छवीकालीन नाच नागेचाँ प्याखँ प्रदर्शन थालिएको छ भने इन्द्रजात्रा र नेपाल लिपी सम्बन्धी पुस्तक प्रकाशन गरिएको छ ।

इन्द्रजात्रा अक्षय कोष स्थापना गरिएको छ ।निजी सम्पदा भवन संरक्षण र प्रवद्र्धन गर्नको लागि ३२ लाख रुपियाँसम्म अनुदान दिने प्रक्रिया शुरू गरिएको छ । जसअन्तर्गत किलागलमा २७ वटा निजी भवन एकैपटक निर्माण गर्ने तयारी गरिएको छ । भित्री शहरी क्षेत्रका निजी सम्पदा भवनको अभिलेखीकरण सम्पन्न भएको छ ।

प्रमाणमा आधारित नीति निर्माणको लागि मेयर्स रिसर्च फेलोसिप कार्यक्रम शुरुआत गरी नौवटा विभिन्न विषयमा शोधकार्य सम्पन्न भई नौवटा थप विषयमा शोधकार्य भइरहेको पनि महानगरपालिकाले जानकारी दिएको छ । करियर क्याम्प अन्तर्गत स्नातक तह उत्तीर्ण ८४ जना इञ्जिनियर तथा आर्किटेक्टलाई ईन्टर्नसीप प्रदान गरिएको छ । जसअन्तर्गत काठमाडौं महानगरपालिका तथा वडा कार्यालयहरूका भवन, सांस्कृतिक भवन, कमलपोखरी संरक्षण आयोजना, लगन पार्क, बागमति नगर पार्क परियोजना डिजाइन गरी कार्यान्वयन चरणमा लगिएको छ ।’

शान्ति पार्क, बालाजु बाइसधारा पार्क, बहुतल्ले पार्किङ भवन, बसन्तपुरदेखि स्वयम्भूसम्म सम्पदा पैदल मार्ग, माइतिघरदेखि तीनकुनेसम्म साइकल लेन, त्रिपुरेश्वरदेखि महाराजगञ्जसम्म लेन सुधार, शिवस्थली पार्क, धुम्रबराह पार्क, नरबुद्ध पार्क, विष्णुमति नदी किनार पार्कको काम भैरहेको छ ।

शान्ति पार्क, बालाजु बाइसधारा पार्क, बहुतल्ले पार्किङ भवन, बसन्तपुरदेखि स्वयम्भूसम्म सम्पदा पैदल मार्ग, माइतिघरदेखि तीनकुनेसम्म साइकल लेन, त्रिपुरेश्वरदेखि महाराजगञ्जसम्म लेन सुधार, शिवस्थली पार्क, धुम्रबराह पार्क, नरबुद्ध पार्क, विष्णुमति नदी किनार पार्कको काम भैरहेको छ ।

कुलेश्वर पार्क, मंकाखलः भवन, ईन्दायणी पार्क, नयाँ सडक सुधार परियोजना, अमरावति पार्क, खुला सार्वजनिक स्थलहरूको पहिचान तथा नक्साङ्कन लगायतका विभिन्न परियोजनाहरूको डिजाइन गरी १०० भन्दा बढी परियोजना डिजाइन गरी कार्यान्वयन चरणमा लगिएको छ ।

काठमाडौं बिजिनेस हब अन्तर्गत युवा उद्यमशीलता प्रबद्र्धन गर्न स्टार्ट अप इन्क्युबेशन शुरु गरी बीज पूँजी प्रदान गर्ने कार्य शुरू गरिएको छ । साथै स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा गरी युवाको नयाँ व्यापार सोचलाई मूर्तरूप दिने कार्य गरिएको छ ।’

खेलमा प्रोत्साहन

काठमाडौँ महानगरपालिकाले खेल क्षेत्रलाई प्रोत्साहन गर्न आर्थिक बर्ष २०७५÷०७६ देखि ए डिभिजनका फुटबल क्लबलाई बार्षिक १० लाख रुपियाँ, बि डिभिजनका फुटबल क्लबलाई तीन लाख रुपियाँ र सी डिभिजनका फुटबल क्लबलाई बार्षिक दुई लाख गरी जम्मा एक करोड ४० लाख रुपियाँ अनुदान प्रदान गर्दै आएको छ । अटिजम, डाउन सिन्ड्रोम, मस्तिष्क पक्षाघातमा विशेष योगदान दिइरहेका संस्थालाई बार्षिक अनुदान दिइएको छ भने फरक क्षमता भएका बालबालिकाको आवासगृह निर्माणको लागि निर्मल विद्यापीठलाई पनि अनुदान दिन शुरू गरेको छ । त्यसैगरी आर्थिक बर्ष २०७९-८० देखि पाँच बर्षको लागि काठमाडौं महानगरपालिकाको आवधिक योजनाको आधारपत्र पनि महनगरपालिकाले तयार पारेको छ ।