७ बैशाख २०८१, शुक्रबार 1713565673
समाचार

क्यान इन्फोटेकको दोश्रो दिन अवलोकनकर्ताको भीड

काठमाडौं । आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आरको दोस्रो दिन सुचना तथा संचार प्रविधि सम्बन्धि प्रडक्ट लञ्चिङ र तथा इन्नोभेसन खण्डमा अवलोकनकर्ताको भीड देखिएको छ ।

सूचना तथा सञ्चार प्रविधि सम्बन्धि देशभित्र र बाहिरका व्यवसायी र सम्बन्धित पक्षहरूलाई सहयोग पुग्ने उद्देश्यसहित बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको क्यान इन्फोटेकको दोश्रो दिन बिहीबार बिभिन्न कम्पनीका सफ्टवेयर तथा कम्प्युटर सम्बन्धि उपकरणहरू बजारमा पहिलो पटक शुरुवात गरिएको स्थानहरुमा अवलोकनकर्ताको भिड रहेको थियो । यसैगरी अवलोकनकर्तालाई लक्षित गरी छुट र अफरको घोषणा गरेका फिन्टेक कम्पनी, इमर्जिङ टेक्नोलोजी, वाईफाई तथा इन्टरनेट सेवा प्रदायकहरुको स्टलहरु पनि अवलोकनकर्ताको आकर्षक रहेको थियो ।

यसैगरी क्यान इन्फोटेकको दोश्रो दिन स्टार्टअप र इन्नोभेशन खण्डमा रहेका २६ वटा स्टलहरुमा पनि अवलोकनकर्ताको आकर्षण रहेको थियो । इन्नोभेशनका निम्ति क्यान महासंघले नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठानसंग सहकार्य गरेको छ भने स्टार्टअपका निम्ति निम्ति क्यान महासंघले सार्वजनिक सुचना निकालेरै सम्बन्धित व्यक्ति वा संस्थालाई सहभागि हुन आह्वान गरेर प्राप्त आवेदनहरुबाट छनौट गरिएको थियो । स्टार्टअप तथा इन्नोभेशन खण्डमा रहेका नयाँ तथा इन्नोभेटिभ आइडियाहरुमध्येवाट उत्कृष्टलाई पुरस्कृत गर्ने क्यान महासंघको अवधारणामा सहयोग गर्दै सागर डिस्ट्रिब्युटर्सले नेपालको निम्ति नयां अमेरिकी ब्राण्ड एक्स ल्याबको ल्यापटप उपहारस्वरुप प्रदान गर्ने घोषणा गरेको छ । इन्फोटेक मेला सोमवारसम्म चल्ने छ ।