४ बैशाख २०८१, मंगलवार 1713271185
समाचार

गेब्रेयससले आज राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गर्ने

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले आज राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गदै हुनुहुन्छ ।

नेपालको तीनदिने भ्रमणका क्रममा गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न लाग्नुभएको हो ।
महानिर्देशक डा.गेब्रेयससले बिहीवार नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र स्वास्थ्यमन्त्री खतिवडासँग भेटवार्ता गर्नुभयो ।

अध्यक्ष तिमिल्सिना र गेब्रेयसससबीच सिंहदरबारमा भेटवार्ता भएको थियो।