१३ बैशाख २०८१, बिहीबार 1714057436
समाज

सातवटै प्रदेशमा चट्याङ्सहित वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा आज पानी पर्ने भएको छ । गण्डकी, वाग्मती र प्रदेश १ का केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली  रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागले आज राति प्रदेश १ र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको बताएको छ । पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

विभागका अनुसार हाल नेपालमा भारतको उत्तर प्रदेश, विहार र पश्चिम बंगालमा बनेको न्यूनचापीय रेखाको प्रभाव रहनुका साथै स्थानीय वायुको प्रभाव रहेको छ ।