११ बैशाख २०८१, मंगलवार 1713926456
Banner

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं । स्थानीय तह निर्वाचनको तयारी बारे छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेदवारका विषयमा छलफल हुने बताइएको छ ।