१३ बैशाख २०८१, बिहीबार 1714054946
पर्यटन

काठमाण्डौको तारेभिरमा होमस्टे व्यवस्थापन तालिम सुरु

काठमाण्डौ । काठमाण्डौ जिल्लाको पर्यटकिय गाउँ तारेभिरमा होमस्टे व्यवस्थापन तालिम कार्यक्रम सुरु भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं. ३ मा रहेको तारेभिर काठमाण्डौको महत्वपूर्ण पर्यटकिय गाउँ हो । बुढानिलकण्ठ र गोकर्णेश्वरको सिमानामा अवस्थित तारेभिरमा स्थानिय तामाङ्गहरुको बसोबास छ । शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्जसँग जोडिएको सो गाउँबाट काठमाण्डौका अधिकाशं भुभाग अवलोकन गर्न सकिन्छ । चिसो हावापानी जंगलको छेउको शान्त गाउँ भएको कारण पछिल्लो समय पर्यटकहरुको रोजाईमा तारेभिर पर्न लागेको हो । हाईकिङ, साईक्लिङ लगायतका गतिविधि यसअघि नै हुँदै आएको छ ।

गृहिणी महिला संघको आयोजना र गोकर्णेश्वर नगरपालिकाको सहयोगमा पाँच दिने होमस्टे व्यवस्थापन तालिम हिजो देखी सुरु भएको हो । तारेभिर आधारभुत विधालयमा सुरु भएको तालिम कार्यक्रममा स्थानिय ३० जनाको सहभागिता रहेको गृहिणी महिला संघको सचिव जनादेवी आर्चायले बताईन ।

महिला शशक्तिकरणको लागी होमस्टे व्यवसाय वरदान हुने गृहिणी महिला संघको अध्यक्ष अमृता शर्माले बताउनु भयो । महिलाहरुलाई विभिन्न सिप मुलक र आर्यआर्जन सँग सम्बन्धित विविध कार्यक्रम गर्दै आइरहेको संस्थाले होमस्टे तालिम गरी व्यवसायमा उत्प्रेरित गर्न सहयोग गर्ने शर्माले बताउनुभयो। तालिम कार्यक्रममा अतिथी सत्कार, व्यक्तिगत सरसफाई र स्वास्थ्य, रैथाने खाना निर्माण, सांस्कृतिक कार्यक्रम, पाहुनालाई हाइकिङ गराउने सिप, पाहुनाको स्वागतरविदाई विषयमा प्रयोगात्मक र व्यहारिक प्रशिक्षण दिने प्रशिक्षक भुमराज तिवारीले बताउनुभयो। सरकारले तोकेको न्यूनतम आधारभुत मापदण्ड भित्र रहेर तत्कालै होमस्टे संचालन गर्न सक्ने तारेभिरमा होमस्टेको सम्भावना रहेको प्रशिक्षक तिवारीले बताउनुभयो ।