७ बैशाख २०८१, शुक्रबार 1713557427
राजनीति

एमाले सांसद गण्डकी प्रदेशको स्थानीय तहमा उम्मेद्वार बन्न नपाइने

काठमाडौं, बैशाख ८ । नेकपा एमालेले गण्डकी प्रदेशका सांसदहरुलाई स्थानीय तहमा उम्मेदवार बन्न नपाउने मापदण्ड बनाएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवासमा आज बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।


‘गण्डकी प्रदेशको हकमा सरकार बनाउने आधार रहेकोले प्रदेशका सांसदलाई स्थानीय तहमा उम्मेदवार नबनाउने निर्णय बैठकले गरेको छ,’ बैठकपछि एमाले उपमहासचिव एवं प्रभार बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले भन्नुभयो । आजको बैठकमा ६ ओटै महानगरपालिका र ११ ओटा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको नाममा छलफल गरेको छ ।

एमाले उपमहासचिव एवं प्रचार तथा प्रकाशन बिचाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकमा महासचिव शंकर पोखरेलले सातओटै प्रदेश कमिटीले सिफारिश गरेको नामहरु आजको बैठकमा प्रस्तुत गर्नुभएको छ ।

बैठकमा नामबारे थप छलफल एवं जित्न सक्ने ब्यक्तिबारे बुझ्ने भन्दै शनिवार बस्ने बैठकबाट महानगर र उपमहानगरका प्रमुख–उपप्रमुखको निर्णय गर्ने निश्कर्ष निकालेको छ । गुरुङका अनुसार ललितपुर, भरतपुर र बीरगञ्ज महानगरमा एक जनाको मात्रै नाम सिफारिश भएको छ । अन्यमा भने थुप्रैको नाम आएको छ ।