१३ बैशाख २०८१, बिहीबार 1714098448
Banner

एमालेले महानगर र उपमहानगरको उमेदवार १० गते टुंग्याउने

काठमाडौं । नेकपा (एमाले)ले ६ वटा महानगर पालिका र उपमहानगर पालिकाको प्रमुुख र उपप्रमुखको टुंगो वैशाख १० गते लगाउने भएको छ । एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले १० गते दिउँसो ३ बजे बस्ने सचिवालय बैठकले निर्णय गर्ने बताउनुभयो ।

उहाँका अनुसार आजको सचिवालय बैठकमा प्रदेश कमिटीले सिफारिस गरेका उमेदवारहरूको बारेमा छलफल भएको छ ।

महानगरपालिकामध्ये ललितपुमा हरिकृष्ण ब्यञ्जनकार, वीरगञ्जमा विजय सराबगी र भरतपुरमा विजय सुवेदीको नाम मेयरका लागि सर्वसम्मतरूपमा सिफारिस भइसकेको छ । सो नाममा फेरबदल नहुने उहाँले बताउनुभयो ।