८ बैशाख २०८१, शनिबार 1713643800
Banner

एमाले सचिवालय बैठक बालकोटमा जारी

काठमाडौं – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ ।

अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बैठक बसिरहेको छ । महानगर र उपमहानगरपालिकाका मेयर तथा उपमेयर उम्मेदवारबारे छलफल गर्न बैठक बोलाएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनु भयो ।

महानगर, जिल्ला हुँदै प्रदेश कमिटीबाट सिफारिस भएर आएका नाममा एमालेले महानगर र उपमहानगरका उम्मेदवार केन्द्रबाट छान्ने छ ।

सत्तारुढ पाँच दलीय गठबन्धन संयुक्त उम्मेदवार उठाएर निर्वाचनमा जाने भएपछि पार्टीको रणनीतिका विषयमा पनि बैठकमा छलफल हुनेछ । 

एमालेले राप्रपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, परिवार दलसहितका पार्टीसँग चुनावी तालमेल गर्ने भएको छ ।