८ बैशाख २०८१, शनिबार 1713612670
Uncategorized

एमाले अध्यक्ष ओलीलाई भेट्न रामचन्द्र पौडेल बालकोटमा

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संसदको अवरोध खुलाउन आग्रह गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नुभएको छ ।

आज साँझ अध्यक्ष ओली निवास भक्तपुर, बालकोट पुगेर नेता पौडेलले संसद अवरुद्ध हुँदा राम्रो सन्देश नजाने भएकाले वार्ताबाट सहमति खोज्न ओलीलाई आग्रह गर्नुभएको छ ।

अध्यक्ष ओलीले ‘अप्राकृतिक गठबन्धन र एमालेले कारवाही गरेका व्यक्तिहरुलाई संसद भवन भित्र प्रवेश नरोकिएसम्म संसदको अवरोध कायमै राख्ने भन्नुहुँदै नेता पौडेललाई जवाफ दिनुभएको थियो ।

सत्ता गठबन्धनको राजनीतिक संयन्त्रको संयोजकको हैसियतले आफूले बालकोट पुगेर ओलीसँग आग्रह गरेको पौडेलले बताउनुभयो ।

१४औं महाधिवेशनपछि नेता पौडेलले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादु देउवासँग हिमचिम बढाउनुभएको छ । शेखर कोइराला पक्षले संस्थापन इतरको भेला गरिरहेका बेला पौडेल देउवाको अघोषित दुत बनेर बालकोट पुग्नुभएको हो ।