२०७९ आश्विन १६ आईतवार 1664770571
Banner

काठमाडौं महानगर प्रमुखमा कांग्रेसबाट प्रकाशमान सिंह कि पत्निसहित पाँचजनाको नाम सिफारिस

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदका लागि पाँचजनाको नाम सिफारिस गरिएको छ । आसन्न स्थानीय तह निर्वाचनका लागि आकांक्षीको नाम सिफारिस गरिएको हो ।

कांग्रेस काठमाडौं महानगर समितिले बिहीबार पाँचजनाको नाम सिफारिस गरेको जनाएको छ ।
सिफारिस गरिएकाहरूमा नगर समिति सभापति नीलकाजी शाक्य, सचिव सुशासन वैद्यसहित वर्तमान नगर उपप्रमुख हरिप्रभा खड्गीको नाम छ । यस्तै, कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी सिजना सिंह तथा नेता प्रगतिमान रञ्जितको नाम पनि सिफारिस भएको जनाइएको छ ।
महानगर समितिले उपप्रमुख पदमा पनि नाम सिफारिस गरेको छ । जसमा सुशीला ढकाल र अम्बिका प्रधान शाक्य परेका छन् ।