७ बैशाख २०८१, शुक्रबार 1713511236
राजनीति

५० प्रतिशत मत एमालेले पाउने योगेश भट्टराईको प्रक्षेपण

दमक– नेकपा एमालेका सचिव योगेश भट्टराईले आगामी बैशाख ३० गते हुने निर्वाचनमा नेकपा एमालेले देशैभरीबाट ५० लाख भन्दा मत आउने पार्टीको आधार सहितको अध्ययनको अनुमान रहेको बताउनु भएको छ ।

प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले बिहीबार दमकमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सचिव भट्टराईले अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा पार्टीको समानुपातिक मत ३२ लाख रहेको थियो । यो पटक २० लाख नयाँ युवा मतदाता थपिएका छन् । थपिएका सबै युवामतदाता नेकपा एमालेको विकास प्रविधि सहितको योजनाले प्रभावित भएको भट्टराईले दाबी गर्नुभयो ।

‘अघिल्लो निर्वाचनमा एमालेलाई मधेस प्रदेश निषेध अभियान नै बिपक्षीले चलाएका थिए । यस्तो विषम परिस्थितिमा समेत एमालेले यति मत प्राप्त गरेको थियो । मधेस नै सबैभन्दा बढी मतदाता रहेको क्षेत्र समेत हो । यो पटक मधेसमा नै नेकपा एमालेको पक्षमा जनमत रहेकाले हाम्रो पार्टीको मत बढ्ने आधार रहेका छन्,’ उहाँको भनाइ छ ।

पार्टीका केन्द्रीय सचिव भटराईले सत्तारुढ गठबन्धन दलले अहिलेका मतदातालाई बधुवा मजदुर बनाएर राख्न नसके आममतदाताहरु आफैँ स्वतन्त्र रहेको बताउनु भयो । उनीहरुले सही विवेक प्रयोग गरेर मतदान गरी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा एमालेले उत्कृष्ट मत सहित विजय हासिल गर्ने उहाँले बताउनु भयो । एमालेले मुलुक र राष्ट्रियताको पक्षमा लडेको, भारतसँग हिजो रहेको ल्यान्ड लकलाई परिमार्जन गरेर ल्यान्ड लिङ्गको काम ओली सरकारले गरेका कारण अहिलेका युवा मतदाताहरुले एमालेलाई भोट हाल्ने बताउनु भयो ।

गठबन्धन सरकारकारले कालोधनलाई सेतो बनाउने काम गर्न राष्ट्र बैकका गर्भनरले नमानेपछि निलम्वनको कारवार्ही गरेको भटराईको दावी गर्नुभयो । भोली बैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन सबै स्थानिय तहका उम्मेदवार घोषण गर्ने पनि भट्टराईले बताउनुभयो ।