१२ बैशाख २०८१, बुधबार 1713949391
पालिका

मधेसका १६ वटा पालिकामा एमालेका महिला नेतृहरुको प्रमुख पदमा दाबी

वीरगञ्ज -आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट पालिका प्रमुखमा मधेस प्रदेशका महिलाहरुले शशक्त दावेदारी गरेका छन्।

विभिन्न पालिका कमिटीहरुले महिलाहरुलाई प्रमुख पदमा सिफारिस गरेका छन् । नेकपा एमाले प्रचार तथा प्रकाशन विभागका सदस्य महेश दासका अनुसार बाराको सिमरा जितपुर उप महानगर पालिकामा सरस्वती चौधरी , निजगढ नगरपालिकामा लिला खनाल , रौतहटको चन्द्रपुर नगरपालिकामा शारदा हुमागाई, मौलापुरमा रिना कुमारी साह, विजयपुर नगरपालिकामा कान्तीदेवी महतो, देवाही गोनाही नगरपालिकामा परनिया देवी पटेल , गढीमाई नगरपालिकामा रिता बस्नेत रहेका छन । यसैगरी सर्लाही को वरहथवा नगरपालिकामा कल्पना कटुवाल, वागमती नगरपालिकामा विभा नेपाल, लालवन्दी नगरपालिकामा उत्पला ढुङ्गेल, महोत्तरीको वर्दीवासमा दुर्गा दाहाल, सिरहाको कर्जना नगरपालिकामा कल्याणी ढुङ्गाना र लहान नगरपालिकामा सरीचार चौधरी रहेका छन ।

नेकपा एमाले पोलिटव्यूरो सदस्य ज्वाला साह महिलालाई स्थानीय सरकारको नेतृत्वमा ल्याउन पार्टीको विशेष ध्यान जाने बताउनुहुन्छ । यतिधेरै महिलाहरुले पालिका हाँक्ने आँट देखाउनु नै पार्टीके लागि ठूलो सम्पती भएको साहको भनाइ छ । पूर्व मन्त्री समेत रहेकी साहको भनाइमा मधेसका महिलाहरु अब घरभित्र मात्र बस्ने,पुरुषको मातहतमा मात्र बस्ने र लाए अह्राएको मात्र गर्ने अवस्थाबाट माथी उठेकाा छन् । जसले गर्दा अनेकौं अवरोधका बाबजुत पनि प्रमेख पदमा दाबी गर्न सक्ने भएका छन् । यो दाबीलाई यथार्थमा बदल्न पार्टी नेतृत्वसँग आफूले लविङ गर्ने साहको भनाइ छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संघ मधेस प्रदेशका संयोजक निर्मला देवकोटा मधेस प्रदेशमा यति धेरै महिलाहरुको मेयरमा दाबेदारीले मधेसी महिलाहरु अब देखिने गरी नेतृत्वमा आउन सक्षम भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ मधेसी महिलाहरु अब आरक्षणको पर्खाइमा मात्र होइन आफैं लडेर पनि प्रमुख पदमा दाबी गर्न सन्ने भएका छन् । प्रमुख पदमा उत्साहजनक दाबेदारीलाई हामी परिणाममा बदल्न आतुर छौं ।

मधेस प्रदेशका स्थानीय तहमा अखिल नेपाल महिला संघ मधेस प्रदेशले १३ जना महिलालाई प्रमुखमा उम्मेदवार बनाउन पार्टी नेतृत्व समक्ष माग गरीएको एमाले केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संघ मधेस प्रदेशका सचिव कल्पना कटुवालले जानकारी दिनु भएको छ ।